२०८० आश्विन १२, शुक्रबार
वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ ।निर्वाचन आयोगले सरकारसँग मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सो रकम मागेको हो।अघिल्लो निर्वाचनमा सरकारले आयोगलाई १० अर्ब २९ करोड दिएका थियो भने यस वर्ष निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार अघिल्लो वर्ष तबल र अरु सुबिधा सहित १ सय ४० सम्म निर्वाचन भत्ता दिएको थियो भने यसपाली एक सय प्रतिशत मात्रै दिन लागिएको छ ।
आयोगको अनुसार मतदाता शिक्षामा पहिलाको जस्तो पर्चा,पम्प्लेटमा खर्च नहुने र यसको सटामा मोबाइलमा म्यासेज पठाउने, रिङटोन राख्ने गर्न लागिएको छ।आयोगले मतदाता शिक्षाको लागि २० करोड छुट्याएको छ । आयोगले निर्वाचनको लागि १२ अर्ब लाग्ने अनुमान गरेता पनि धेरै सेवा सुबिधामा कटौति गरेर ८ अब ९५ करोड माग गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे