
काठमाडौं – शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल वा निर्णय नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार वा आइतबार काठमाडौंका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएको चर्चा भइरहेका बेला उनले यो कुरा खण्डन गरेका हुन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका पोखरेलले अहिलेसम्म त्यस्तो कुनै निर्णय नभएको बताए। उनले भने, “मन्त्रिपरिषद्बाट सुकुम्बासी बस्ती हटाउने वा डोजर चलाउने जस्ता कुनै निर्णय भएको छैन।”
उनका अनुसार सामाजिक सञ्जाल र बाहिर आएका चर्चाहरू मात्र हुन्, सरकारले यसबारे आधिकारिक निर्णय नगरेको स्पष्ट पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे