२०८० आश्विन १२, शुक्रबार
भारतका प्रसिद्ध तिन विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा ‘प्लस् टु पछिको अध्ययन र अवसर’का बारेमा जानकारी जानकारी गराइएको थियो। कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका इन्टरनेसनल डाइरेक्टर चन्द्र घिमीरेले करियर काउन्सिलिङको महत्त्वका बारेमा जानकारी गराउनु भयो। त्यस्तै, दयानन्द सागर युनिभर्सिटीका काउन्सलर बिध्या चन्द्रगोडले विश्वविद्यालय, सञ्चालित कोर्स र शिक्षण पद्धतिका बारेमा जानकारी गराउनु भयो। विश्वभर मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको दत्त मेघे इष्टीच्यूट अफ मेडिकल साइन्स डिम टु वी युनिभर्सिटी र नेपाली विद्यार्थीहरूलाई प्रदान गरिने सेवा सुविधा, छात्रवृत्तिका बारेमा इन्टरनेसनल रिलेसन्स् डाइरेक्टर आनन्दीया भन्जिया ले कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारीहरूलाई जानकारी गराए । त्यस्तै, गुरू नानक इन्टिचुसनस् का एड्मिसनस् म्यानेजर मिस्टर प्रबिन कुमार शाहले गुरू नानक इन्टिचुसनस् ले नेपालमा आई उत्कृष्ट करियर काउन्सिलिङको महत्त्वका बारेमा जानकारी गराइरहँदा विद्यार्थी र कलेजबाट राम्रो रेस्पोन्स आएको र भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्स लाई उत्प्रेरणा प्रदान गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा एन प्याब्सन टोखाका उपाध्यक्ष बेखा नारायण डङ्गोलले कार्यक्रमको सराहना गर्दै धन्यबाद ज्ञापन गर्नुभयो। कार्यक्रममा काठमाडौँ ग्लोबल स्कुलका फाउण्डर प्रिन्सिपल मनोज आचार्य, दि चादवाहक स्कुलका भाइस प्रिन्सिपल सोमराज पनेरू, न्यु मिलेनियम कलेजका प्रिन्सिपल सुभाषचन्द्र जोशी, पाणिनी स्कुलका प्रिन्सिपल खेम तिमल्सिना, ग्लेसियर इन्टरनेसनल कलेजका प्रिन्सिपल दिवस शाक्य, मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल, राजन श्रेष्ठ, ट्रिटन इन्टरनेसनल कलेजका प्रिन्सिपल समीर शर्मा, लिसेयुम मोडेल स्कुलका प्रिन्सिपल राजेन्द्र थपलिया लगायत प्याब्सन, एनप्याब्सनका प्रतिनिधि अभिभावकको उपस्थिति थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे