२०८० आश्विन १७, बुधबार
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । भव्य कार्यक्रमका बीच काठमाडौँको होटल म्यारियोटमा बडा दर्शैं, दीपावली, छठ तथा नेपाल सम्बतको अवसरमा उक्त शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा शैक्षिक परामर्श सम्बन्धित संघ/संस्था, शैक्षिक परामर्श व्यवसायी, विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पत्रकार, बुद्धिजीवी लगायतका को बाक्लो उपस्थिति रहेको थियो ।
इक्यानले हरेक बर्ष नेपालीहरुका महान चाँड बडा दशैं, शुभ-दिपावली, छठ तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ । त्यसकै निरन्तरता स्वरुप यो कार्यक्रमको आयोजना गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी गराउनु भयो।
कोरोनाको महामारीबाट थील्थीलो भएको बजार पुनर्उत्थानको आशा सहित ब्याबसाय लाई अझ मर्यादित, ब्यबस्थीत र प्रभावकारी बनाउन अष्ट्रेलीयाली राजदूत फ्यालीसिटी भोल्कले शुभकामनासहित उत्प्रेरणा प्रदान गर्नु भएको थीयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे