२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागेसम्म नगरेसम्म प्रतिनिधिसभा बैठक अवरोध गर्ने बताएका हुन् ।
‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले फूलबारी रुट बन्दरगाहको रुट पाउनका लागि कालापानी, लिपुलेक क्षेत्र पनि दिन तयार छौं भन्ने कुराले हामीलाई अपमान बोध भएको छ। यस्ता कुरा आउनु दुःखद कुरा हो। प्रधानमन्त्रीले अगाडि आएर माफी माग्नुपर्छ। माफी नमागेसम्म सदन चल्न सक्दैन,’ उनले भने।
एमालेले निष्क्रिय भैईसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको भन्दै विरोध जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे