२०८० आश्विन १४, आईतबार
काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गरेको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेकाे सुचनामा उल्लेख छ । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे