
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न रोक लगाउने रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
खड्काको हकमा उनकी पत्नी बिनिता खड्का र शर्माको हकमा चिन्तामणि शर्माले रिट दर्ता गरेका हुन्। खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए। सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर शोषण गरेको आरोप छ। पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे