२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २४ जेठ । सरकारले अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले आज बुधबार बसेको मन्त्रिपरिषद बैठकका महत्वपूर्ण ६ निर्णयहरु पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
शर्माले अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने गरी त्यसको जानकारी राजपत्रमा प्रकाशित गरिने जानकारी दिएकी हुन् ।
त्यस्तै, सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय भएको छ ।
त्यसैगरी आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।
माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको बेल्जियम भ्रमण स्वीकृत गर्ने, मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे