२०८० आश्विन १७, बुधबार
यहि आउँदो माघ १६ गतेदेखि २२ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डन को सक्रियतामा आयोजना गरिने इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (IIHM) भारतद्वारा आयोजित योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ सञ्चालन हुने भएको छ।
सन् २०१५ बाट सञ्चालन भएको उक्त कार्यक्रममा संसारभरिका ४० देखि ६० वटा राष्ट्रहरुको सहभागिता हुने गरेको पाइएको छ । । सो कार्यक्रममा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले नेतृत्व र उद्यमशीलताका(Center for Leadership and Entrepreneurship )लागि शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ ।
सन् २०२० मा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट छात्रा शबी राजबाहक ले वेस्ट हाईजिन अवार्ड र राजिङ्ग स्टार अवार्ड जित्न सफल भइन् भने सन् २०२१ मा यस कलेजका छात्र अभय लिम्वुले ६० रास्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै बेस्ट किच्यन क्अट्स अवार्ड(Best Kitchen Cuts Award) पनि जितेका छन् ।
यस पटक नेपालको प्रतिनिधित्व गर्दै कलेजका छात्र अजय पुन ले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने मेन्टरको भुमिकामा शेफ सुर्य महत प्रस्तुत हुने जनाइएको छ। । यसपटकको प्रतिस्पर्धामा नेपाल सहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छन् । उक्त राष्ट्रहरुलाइ ८ वटा समुहमा बिभाजित गरिएको छ ।उक्त विभाजन अनुसार नेपाल छैटौ समुहमा पर्दछ । सो कर्यक्रमको उदघाटन ३० जनवरी मा हुनेछ भने नेपालले १ फेब्रुअरी दिनको ठिक १२:४५ बजेबाट प्रतिस्पर्धा शुरु गर्ने छ।
उमेरको हदबन्दी भएको उक्त कर्यक्रममा प्रतिस्पर्धिको उमेर २४ बर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको बिद्यार्थी नै हुनुपर्ने प्रावधान रहेको छ ।
एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन कलिनरी आर्ट्स नामक कोर्सका साथ सन्चालनमा आएको हो । उक्तकोर्स बाट मात्र अहिले सम्म ९०० भन्दा बढी नेपाली युवाहरुर्लाइ रोजगारको बाटो प्रदान गर्न र आफ्नो करियर अगाडी बढाउन सहयोग पुर्यौदै आएको छ ।
सन् २०१४ मा लिंकन विश्वविद्यालय कलेज बाट BHM को सम्बन्धन प्राप्त गरेको र हालै मात्र MBA को सम्बन्धन प्राप्त गरी सफल नेतृत्व र उद्यमशीलताको सहकार्यमा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट ले शिक्षा प्रदान गर्ने तरिकामा नयाँ आयाम ल्याउनु पर्ने कुरामा जोड दिइएको छ । अबको सिकाइको माध्यमबाट युवाहरुलाइ नेतृत्व र उद्यमशीलताको शिप विकास गराई लिडर र इन्टरप्रिनियर बन्न युवा हरुको काधमा हात राख्नु पर्नेमा जोड दिइएको छ।
यसै सिलसिलामा इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डन को सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट(IIHM) भारत ले योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ को आयोजना गरेर हामी जस्तो बिकासोन्मुख देशलाइ सम्लग्न गरेकोमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। । यो प्रतिस्पर्धा प्रत्येक बर्ष ३० जनवरी बाट सन्चालन हुने गर्दछ ।
उक्त प्रतिस्पर्धामा मुख्य प्रतिसपर्धी बाहेक अन्य सहभागीहरू र छात्रछात्राहरुको लागि पनि मौका प्रदान गर्ने हेतुले सस्टेनएवल रिस्अर्च अवार्ड (Sustainable Research Award) र नेस्नल डिश अवार्ड (National Dish Award) को पनि ब्यवस्था गरिएको छ ।
आहिलेको विषम परिस्थितिका कारण उक्त प्रतिस्पर्धा दुर प्रणाली मध्यमबाट हुन गैरहेको जानकरी पनि गराइन्छ।
दुर प्रणाली मध्यमबाट हुने भएकोले नेपालको तर्फबाट ३ जना कन्ट्रि जजेज् को ब्यवस्था गर्नुपर्ने प्रावधान पनि रहेको छ । त्यसैले यसपटक निम्नलिखित शेफहरु कन्ट्रि जजेज् को रुपमा प्रस्तुत हुने कुरा जानकारी गराइएको छ। ।
१. शेफ राजीव श्रेष्ठ, कार्यकारी शेफ अलफ्ट होटल, काठमाडौं नेपाल
२.शेफ नवीन केसी कार्यकारी शेफ याक एण्ड यति होटल,काठमाण्डौ, नेपाल ( नेपाल पर्यटन बोर्डले नेपालको सबैभन्दा कान्छो कार्यकारी शेफ घोषणा गरेको)
३.शेफ प्रमोद महासेठ, कर्पोरेट शेफ द्वारिकाज होटल, काठमाडौं नेपाल
साथै उपस्थित सम्पुर्णमा धन्यवाद दिदै सहभागि अजय पुनलाई वधाई तथा शुभकामना दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे