२०८० आश्विन १७, बुधबार
काठमाडौँ : पूर्वप्रधानन्यायाधीश विरुद्धको मुद्धामा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका अवकाश प्राप्त चार पूर्वप्रधानन्यायाधीश विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा परेको छ । अधिवक्ता लोचन भट्टराईले दायर गरेको निवेदन राणाले आफू र न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी राखेका हुन् । उनीहरुको संयुक्त इजलासमा नौ नम्वरमा पेसी रहेको छ।
पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो। ओलीले पुस ५ गते बहुमतको सरकार सञ्चालन गरिरहेको समयमा पार्टीको आन्तरिक विवादलाई देखाउँदै प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कार्य संविधानविपरीत भएको भन्दै पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका थिए।
त्यसविरुद्ध अधिवक्ता भट्टराईले माघ १४ गते सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गैरसंवैधानिक भनी रिट दायर भएर सर्वोच्चमा सुनुवाइ सुरु भएपछि अदालतले उल्ट्याउन नसक्ने र बाजे बकिललाई लगेर तमासा चलिरहेको भनी टिप्पणी गरेका थिए। त्यस विरुद्ध कीर्तिनाथ शर्मा, कुमार आचार्यलगायतले रिट दायर गरेपछि पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध रिट दायर भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे