२०८० मंसिर १४, बिहिबार
काठमाडौं ।सेलिब्रेटी बैंकर’ अनिल केसरी शाह रास्वपामा प्रवेश गरेका छन ।उनलाई रवि लामिछानेले आज पार्टीमा स्वागत गरे ।
शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको एक वर्षमा ‘ह्याप्पी डे’ मनाएको छ ।
पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा बालाजुमा सरेको नयाँ कार्यालयमा ‘ह्यापी डे’ मनाएको हो । उक्त अवसरमा रास्वपाका सभापति रवि लामिछानेले एक वर्षको अवसरमा ‘सरी’ र ‘थ्यांक्यू’ भन्ने बताए ।
“हाम्रो पार्टी स्थापनाको एकवर्ष भएको छ । हामीले यसलाई ‘ह्याप्पी डे’ भनेका छौँ,” सभापति लामिछानेले भने, “यस अवसरमा हामी सहयोगका लागि ‘थ्यांक्यू’ भन्न चाहन्छौँ । यसबीचमा भएका गल्तीका लागि ‘सरी’ भन्न चाहन्छौँ ।”
लामिछानेले एकवर्षको यात्रालाई एकदमै सकारात्मक रुपमा हेरेको बताए । उनले घण्टी बजिसकेको भन्दै अब अघि बढ्ने बताए । लामिछानलेले एक वर्षभित्र महाधिवेशन गरेर औपचारिक रुपमा नेतृत्व र कार्यसमिति विस्तार गर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे