२०८० आश्विन १४, आईतबार
विवेकशील साझा पार्टीले संसद बैठकबाट एमसीसी अनुमोदन गरिनु चिन्ता र खेतजनक रहेको बताएको छ । सो पार्टी आज विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन र प्रतिपक्ष दलको अपरिपक्व र गैर जिम्मेवारीका कारण नेपालमा चीन र अमेरिकको अस्वभाविक सक्रिया बढेको पनि बताएको छ ।विवेकशील साझा सो पार्टीले एमसीसी कम्प्याक्ट सम्झौता राष्ट्र हितलाई मध्यनजर राखेर नभइ निहीत राजनीतिक स्वार्थले पारित भएको टिप्पणी गरेको छ ।एमसीसी सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिनु नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन विवेकशील साझा पार्टीको विज्ञप्तिमा उल्लेख रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे