२०८० आश्विन १२, शुक्रबार
भक्तपुर जिल्लाका नयाँ प्रजिअ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग हिजो बिहान शिष्टाचार भेट गर्नुभयो। उहाँहरु विच जिल्लाको विविध विषयमा कुराकानि भएको छ। जिल्लामा भएको हालको गतिविधि शान्ति,सुरक्षा, जनस्वास्थ्य, संस्कृति तथा सम्पदा संरक्षण, सरसफाइ तथा वातावरण, शिक्षण संस्था तथा अस्पताल र महिला समस्या तथा न्यायिक चेतना आदि विषयमा छलफल भयो।अध्यक्ष बिजुक्छेंले ती विषयमा विशेष ध्यान पुर्याउनुपर्ने बारे सुझाव दिनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे