नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १६, सोमबार (४ साल अघि)
१२ बुँदे घोषणाअनुसार परियोजना नेपालको कानुनविपरीत देखिएमा ३० दिनको सूचना दिएर नेपालले एकतर्फी सम्झौता रद्द गर्न सक्ने
4,423 Views
प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ । १२ बुँदे घोषणाअनुसार ‘परियोजना नेपालको कानुनविपरीत देखिएमा’ ३० दिनको सूचना दिएर नेपालले एकतर्फी सम्झौता रद्द गर्न सक्नेछ ।