काठमाडौँ , भाद्र २६ |माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय एक वृद्वको बाघको आक्रमणबाट मृत्यु भएको छ ।शनिबारदेखि हराउनुभएका अधिकारी आज बिहान ८ः३० वजे मृत मृत भेटिएका हुन् ।
शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे