• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

६ घण्टा अघि
२

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

७ घण्टा अघि
३

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

८ घण्टा अघि
४

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

८ घण्टा अघि
५

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

९ घण्टा अघि
६

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

९ घण्टा अघि
७

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

१0 घण्टा अघि
८

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

१ दिन अघि
९

दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी

१ दिन अघि
१०

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

१ दिन अघि
११

अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

१ दिन अघि
१२

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)

तुलसीपुरको भू–उपयोग नीति बन्यो, कार्यान्वयनमा आएन

  • 2,603 Views
  • दाङ ,२६ भदौ। दाङको तुलसीपुर उपमहानगरपालिका भू–उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठायो । तर त्यो नीति कार्यान्वयनमा आउन सकेको छैन ।

    भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिइएको हो । त्यहीअनुसार तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक भू–उपयोग नीति बनाएर नापी र मालपोत कार्यालयमा पठाएको थियो । तर त्यो लागू गर्न सकिने अवस्थामा नरहेको जनाउँदै यसलाई सुधार गरेपछि मात्रै लागू हुनसक्ने नापी कार्यालय तुलसीपुरका सर्वेक्षक रुपलाल बस्नेतले बताए ।

    भू–उयोग नियमावलीअनुसार स्थानीय सरकारको कार्यपालिकालाई भू–उपयोग परिषद् भनेको छ । परिषद्ले कृषि र गैर कृषि भूमिलाई छुट्याउनुपर्छ । त्यो छुट्याइसके पछि सूचना प्रकाशित गर्नका लागि भू–उपयोग वर्गीकरण गरेर प्रदेश स्तरको भू–उपयोग परिषद्, मालपोत विभाग, मन्त्रालयमा पठाउनुपर्छ । त्यसपछि मन्त्रालयले स्वीकृत गरेमा मालपोत र नापीमा कार्यान्वयनका लागि पठाउनु पर्छ । तर उपमहानगरपालिकाले त्यसो नगरेर सिधै नापी र मालपोत कार्यालयलाई त्यो कार्यान्वयनका लागि पत्र लेख्यो । त्यो नै नीतिसम्मत नभएको सर्वेक्षक बस्नेतको भनाइ छ ।

    वर्गीकरण गर्दा कित्ताअनुसार गर्नुपर्छ । त्यो भएर आएमा मालपोतमा भएको श्रेस्तामा अद्यावधिक गर्ने हुन्छ, त्यसपछि मात्रै कित्ताकाट गर्न सकिन्छ । तर उपमहानगरपालिकाले त्यसरी छुट्याएको छैन । “छुट्याउँदा खेती तीनवटा बाटो भनेको छ, अब त्यो तीन बाटो भनेर हामीले खोज्न कहाँ जाने, बाटोका नाम नक्सामा कहीँ देखिँदैन”, उनले भने, “कतै शाखा बाटो भनिएको छ, पढ्ढाबाट चैलाही जाने बाटो भनिएको छ, त्यो बाटो नक्सामा छ वा छैन केही खुलाइएको छैन, यस्ता धेरै समस्या देखिएका छन्, त्यसैले कार्यान्वयनमा समस्या देखिएको छ ।”

    वर्गीकरण गर्नुभन्दा पहिले डिजिटल नक्सा तयार गर्नुपर्छ । उपमहानगरपालिकाले त्यो डिजिटल नक्सा त तयार गरेको छ, तर त्यो नक्सा नापीको नक्सासँग मेल खाएको छैन । त्यतिमात्र होइन, त्यो नीतिमा कृषि र गैर कृषि क्षेत्र छुट्याएको कुरा पनि स्पष्ट छैन । स्पष्ट भाषा नभएको, कुन ठाउँ कृषि क्षेत्र र कुन ठाउँ आवास क्षेत्र भनेर स्पष्ट नछुट्याउँदा आफूहरूलाई त्यो कार्यान्वनमा समस्या भएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख कर्णबहादुर नेपालीले बताए । “कुन ठाउँमा आवास गृह हो, कुन ठाउँमा कृषियोग्य जमिन हो त्यो छुट्याइएको छैन”, उनले भने, “त्यसले गर्दा समस्या भएको छ ।” स्थानीय तहले यससम्बन्धी अलि गम्भीर भएर अध्ययन गर्नुपर्ने उनले बताए ।

    दुई कठ्ठाभन्दा माथि क्षेत्रफलको कित्ताकाट गर्नलाई कुनै पनि कानुनले रोकेको छैन । स्थानीय तहले निर्णय गरेर सम्बन्धित मालपोत कार्यालयलाई पठाएमा कित्ताकाट गर्न सकिने अधिवक्ता हरिलाल पौडेलले बताए । नीति, नियमावलीलाई राम्रोसँग अध्ययन गरेर पुनः सुधार गरेर पठाउने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् । नेपालमै पहिलो भू–उपयोग नीति बनाएको भन्दै उपमहानगरपालिका सम्मानितसमेत भएको भन्दै केही त्रुटि भएमा सच्चाएर अघि बढ्ने उनको भनाइ छ ।

    यस्तो छ, तुलसीपुरको भू–उपयोग नीति
    तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रको ३२ प्रतिशत कृषियोग्य जग्गा कायम गरिएको छ । सबैभन्दा ठूला राजमार्गको दायाँ–बायाँ सय– सय मिटरसम्म आवासीय र व्यावसायिक क्षेत्र छुट्याएर बाँकी रहेको जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण गरेको छ । केही सडकको दायाँ–बायाँ भने ८०–८० मिटरसम्म आवासीय क्षेत्र राखिएको छ । भित्री सहायक बाटोमा भने बाटोको चौडाइअनुसार २०, ३५ र ५० मिटर दायाँ–बायाँसम्म आवासीय क्षेत्रमा वर्गीकरण गरेर बाँकी रहेको ठाउँलाई कृषि क्षेत्रमा वर्गीकरण गरेको छ ।

    उपनगरले कृषि क्षेत्रभित्र पनि कृषिका विभिन्न पकेट क्षेत्र घोषणा गरेको छ । चक्लाबन्दी गरेर व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले पकेट क्षेत्र घोषणा गरिएको छ । दुई बिघाभन्दा बढी क्षेत्रफल भएका जग्गालाई चक्लाबन्दी वा सहकारी खेती गर्न प्रोत्साहन गर्ने उपनगरको योजना छ । तुलसीपुर बजार रहेको वडा नं ५ र ६ बाहेकका वडामा कम्तीमा एकदेखि बढीमा १० सम्म कृषि पकेट क्षेत्र छुट्याइएको हो । त्यस्ता पकेट क्षेत्र धान, गहुँ, मकैलगायत पशुपालन र मत्स्यपालनका लागि छुट्याउने उपनगरपालिकाको योजना छ ।

    नापी विभागले विसं २०७५ मा लिएको स्याटेलाइट इमेजमा कृषियोग्य जग्गाको क्षेत्रफल ४७ प्रतिशत हाराहारी रहेको थियो । अहिले वर्गीकरण गर्दा १०–२० वर्षपछिसम्मलाई आवश्यक पर्ने आवासीय जग्गा छुट्याएर बाँकी जग्गालाई मात्रै कृषियोग्य जग्गामा वर्गीकरण गरिएकाले पनि १५ प्रतिशत घटेको हो ।

    कुल तीन सय ८४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उपमहानगरमा एक सय २४ वर्गकिलोमिटर अर्थात् १८ हजार तीन सय नौ बिघा कृषियोग्य जग्गा रहेको छ । त्यसमध्ये तीन हजार छ सय ९१ बिघा जग्गालाई कृषिको पकेट क्षेत्र नै घोषणा गरिएको हो । उपमहानगर उपप्रमुख चौधरीका अनुसार सबै वडामा सर्वपक्षीय र सर्वदलीय बैठक गरेर सहमतिमै जग्गाको वर्गीकरण गरिएको हो ।

    दाङका १० स्थानीय तहमध्ये तुलसीपुरबाहेक अन्य स्थानीय तहले भू–उपयोग नीति बनाएका छैनन् । घोराही उपमहानगरपालिका र लमही नगरपालिकाले बनाउने प्रक्रियामै रहेको जनाएका छन् ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    ६ घण्टा अघि

  • २

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै
    ७ घण्टा अघि

  • ३

    निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ
    ८ घण्टा अघि

  • ४

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    ८ घण्टा अघि

  • ५

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    ९ घण्टा अघि

  • ६

    भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि
    ९ घण्टा अघि

  • ७

    मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी
    १0 घण्टा अघि

  • ८

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए
    १ दिन अघि

  • ९

    दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी
    १ दिन अघि

  • १०

    संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

    नेपाल नक्सा
    ५

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ६

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution