काठमाडौँ २२ भाद्र |
‘माफी मागिसक्यो,
९ दिन पुलिस कस्टडीमा बसिसक्यो
अब कानुनी तरिका अपनाएर छोड्नुप-यो’
योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य छ । ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहले नेवार समुदायको चित्त दुखाएको कुरामा विवाद छैन ।
नेवारको सभ्यता, संस्कार र परम्परा एवं चालचलनमाथि उपहास गर्नु ठीक थिएन । तर, उनले माफी मागेका छन्, १० दिनदेखि थुनामा पनि बसिरहेका छन्, तर हामी भगवान गौतम बुद्धका अनुयायी उनलाई माफी दिन सकिरहेका छैनौं ।
बुद्धका अनुयायीको संस्कार अपनाउँदै उनलाई माफी दिएर घर पठाउन ढिला गरियो भने नेवारको सही संस्कार प्रकट हुने छैन ।
भगवान बुद्धले ‘अंगुलीमाल’लाई क्षमा गरेजस्तै क्षमा दिन आम व्यक्तिलाई सहज छैन । तर, योगेश्वर अमात्यले अघि भन्नुभएजस्तै, ‘हाम्रो नेवा संगठन गज्जबकै लाग्छ, चहिने मुद्दामा ध्यान छैन, सानोतिनोमा अल्झेर के नै गरेजस्तो ।यो समाचार आजको नेपाल समाचारपत्रमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे