
काठमाडौँ, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध १७ वर्षीया नाबालिगले बलात्कार गरेको आरोपमा जाहेरी दिएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर लामिछानेविरूद्ध मंगलबार जाहेरी दर्ता भएको पुष्टि गरेको छ।
स्याङ्जा स्थायी घर भई हाल काठमाडौँको बुढानिलकण्ड बस्दै आएकी ति किशोरीलाई लामिछानेले गत भाद्र ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए।
सोही दिनको राति आफूमाथि लामिछानेले बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। काठमाडौं–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले पटक–पटक बलात्कार गरेको दाबी गरेकी छन्।होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।
जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।
घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संक्ष्मरूपमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै उनलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे