
काठमाडौँ, २१ भाद्र । काठमाडौँ महानगरपालिकाले असन, इन्द्रचोकसहितका सडकमा राखिएका फुटपाथ पसल हटाउन थालेको छ ।यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना भत्काउन महानगरले गरेको आग्रह नमानेपछि महानगरीय प्रहरीले आफैले उठाएको छ ।
साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । महानगरले असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, लत्ता कपडा, खेलौना आदि सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे