
काठमाडौँ, २१ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा बधाई दिएका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रि देउवाले पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई दिएका हुन् । सोमबार कन्जरभेटिभ पार्टीको नेतामा उनी निर्वाचित भएको घोषणा गरिएको थियो। पार्टीको नेताभएसँगै ट्रसले आज प्रधानमन्त्रिको शपथ लिदैछिन् ।
प्रधानमन्त्री देउवाले बधाई सन्देश मार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।
बेलायतमा कन्जरभेटिभ पार्टीका सांसदहरुका लागि भएको पाँचै चरणको मतदानमा ऋषि सुनकलाई पराजित गर्दै लिज ट्रस विजयी भएकी हुन् । दुई नेताबीच भएको निर्वाचनमा पूर्वअर्थमन्त्री ऋषि सुनकले ६० हजार तीन सय ९९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी लिज ट्रसले ८१ हजार ३२६ मत पाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे