
काठमाडौं ,२० भाद्र । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन्। चिनियाँ पक्षले पूर्वजानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालबाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।
‘चीनले पूर्वसूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,’ कार्कीले भने, ‘ट्रकमा दसैंलक्षित सामान छन्।’ सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेख दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ।
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको भन्दै नेपालसँगका दुई नाका बन्द गरेको हो। दसैंका लागि करोडौं रुपैयाँका सामान बोेकेर नेपालतर्फ हिँडेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएपछि व्यवसायी मर्कामा परेका छन्। चीनले विगतमा पनि यसरी नै पटकपटक नाका बन्द गर्दै आएको छ।
नाका खुल्ने निश्चित नहुँदा व्यापारी अन्योलमा छन्। ट्रक, कन्टेनर ल्हासा र नेपाल–चीन नाकाको बीचमा अलपत्र परेका हुन्।
यो खबर आजको नागरिक दैनिकमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे