
काठमाडौँ, १९ भाद्र । एन आई सी एशिया बैंकले चाडबाड लक्षित योजनाहरू सार्वजनिक गरेको छ । बैंकले दशैं, तिहारी, नेपाल सम्बत् तथा छठमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले भाद्र १५ देखि कार्तिक १५ सम्म लागू हुने गरी ल्याएको नयाँ योजनामा बैंकका ग्राहकहरूले मोवाइल बैंकिङ्ग प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नुहुनेछ । सेल्फ हेल्फ बैंकिङ्गको अवधारणा अनुरुप मोवाइल बैंकिङ्ग मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यो सुविधाबाट ग्राहकहरुले लाभ लिन सक्ने बैकले विश्वास लिएको छ ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसि एसिया मोबैकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको मोबैंक भित्र रहेको आइरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नुहुनेछ ।
यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे