
काठमाडौँ, १९ भाद्र । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।
आइतबार विहान देउवा भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय सत्तारुढ गठबन्धनका नेताहरु बिच सहमतिमा नपुगेको अवस्थामा दुई नेताविच भेटवार्ता भएको हो ।
गठबन्धनका दलहरुको आ–आफ्नै अडान कायमै रहेकाले सिट बाँफाँडमा समहमति जुट्न सकेको छैन ् ।
आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको देउवा र प्रचण्डबीचको छलफलमा पनि सिट बाँडफाँडको विषय कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा कुराकानी भएको बुझिएको छ ।
कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु बिच भेटवार्ता भएको हो । कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।
सत्ता गठबन्धनमा सरकारको नेतृत्वसमेत गरिरहेको काँग्रेसले १०० सीट नछाड्ने अडान राख्दा माओवादीले ६० सिटमा दावी गरेको छ । त्यस्तै एकीकृत समाजवादीले ४० सिट दाबी गर्दै आएको छ भने जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुईसिटमा दाबी गरेको छ।अन्यदलहरुले भने कांग्रेसको उक्त अडानले नै सहमति नजुटेको आरोप लगाइरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे