
काठमाडौं , १९ भाद्र। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक र ग्रेडवृद्धि परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउने बारे सूचना प्रकाशन गरेको छ।बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको गरेको थियो ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको गरेको थियो ।यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनुपर्नै बोर्डले जनाएको थियो । त्यो भन्दा कम अंक ल्याएमा पुनः परीक्षा दिनुपर्ने ब्यबस्ता ल्याएको छ ।
बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते अनिवार्य एक विषयमा मात्र परीक्षा दिने र असोज ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा दिनपाउँने छन् ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा सुल्क बुझाउनु पर्नेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे