
काठमाडौँ , १८ भाद्र |नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनमाबढि सजग हुन निर्देशन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्न सक्ने र धाँधली भएको खण्डमा प्रतिकार गर्न आफना कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले, “यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो क्षेत्रमा ,तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु “।
बुथ कब्जा गर्न खोज्नेलाई डस्न तयार भएर बस्न समेत आफना नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे