
काठमाडौँ, १७ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा प्राप्त गर्नको लागि ल्याण्डलाइन तथा मोवाइलबाट १६०१ डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरि १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बार्डको बैठक आज साँझ साढे ४ बजे बसेको थियो ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनुपर्नै बोर्डले जनाएको छ । त्यो भन्दा कम अंक ल्याएमा पुनः परीक्षा दिनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे