
काठमाडौँ , १७ भाद्र |पछिल्लो २४ घण्टामा नेपालभर एकै दिन २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हाल नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट १ हजार ५९५ जनाको परीक्षण गर्दा १ सय ३४ जना र १ हजार २७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको छ ।हाल सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४३३ पुगेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे