काठमाडौँ, १७ भाद्र । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।इण्डियन आयल कर्पोरेसनले बिहीबार पठाएको नयाँ मुल्य सुची अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रति लिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर पठाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ ।बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ ।
यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ भने घटाएर पठाएको थियो । चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मुल्यबुद्धिले जनताहरु मारमा पर्नै देखिन्छ ।
एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई ६१ करोड घाटा रहेको निगमले जनाएको छ । अझै आइओसीलाई करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे