
काठमाडौँ, २० श्रावण । सिके राउत सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्।जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी–२ बाट प्रतिनिधि सभा चुनाव लड्न लागेका हुन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको हो।राउत सप्तरीको महादेवा गाउँपालिका–२ निवासी हुन्।
गत स्थानीय निर्वाचन २०७९ मा गृह वडामा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो ।
२०७५ फागुन २४ मा सिके राउतसँग केपी ओली सरकारले ११ बुँदे सहमतिसँगै उनी शान्तिपुर्ण सम्झौता आएका थिए । शान्पिुर्ण सम्झौतासँगै उनले जनमत पार्टी गठन गरे । २०७९ को स्थानीय तह निर्वाचनमा जनमत पार्टीले पहिलो पटक भाग लिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे