
काठमाडौँ, १५ असार। स्थानिय निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार लगायत अन्य स्वतन्त्र व्यक्तिहरुको उपस्थितिमा ‘नेपाल स्वतन्त्र नागरिक सञ्जाल’ को राष्ट्रिय समिति गठन गरिएको छ । दिनेश सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय ‘नेपाल स्वतन्त्र नागरिक सञ्जाल’ को राष्ट्रिय समिति गठन गरिएको हो । सञ्जालको सल्लाहकारहरुमा डा. नारायण हरि गजुरेल, गोपाल खड्का र बिर सिंह ठकुरी रहेका छन् ।
सञ्जालको सदस्यहरुमा सुमन के.सी.,नीरन्जन देव थापा, राम बहादुर के.सी. सुबेदी, विनय जंग बस्नेत, दीपेन्द्र खड्का, सुर्जे कुमार के.सी, उर्मिला थापा, भिमसेन के.सी., कुमारी खड्का बोगटी, सुजित जंग सिंह, सानुमैया कुवँर, बिदुर कडेंल, सविता भट्टराई, सागर राउत, कपिल पौडेल, सुरेन्द्र पोख्रेल, ईशु थापा, समिता तिवारी, विश्व लामा, अनु नेपाल, भुवन के.सी., अन्जु थापा, राजु बानिया, रुपेन्द्र पौडेल, रोविस काफ्ले, भुवन प्रसाद काफ्ले, सुरेश खड्का, श्रवण कडेंल, पवन बोगटी, संजित बोगटी, सुशिल बोहोरा, सुशिला पौडेल के.सी.,प्रतिभा बुढाथोकी, कमला थापा, केदार बोगटी, राम गोपाल बानियाँ, प्रम्हाद थापा, शान्त राम के.सी.,ऋषि कपुर मर्हजन, जय थापा, नरेश के.सी.,गंगा तण्डुकार, विद्याचन्द्र खड्का, प्रविन पौडेल, सुरज पराजुली, लेखनाथ दाहाल, अमृता मर्हजन, रमेश नकर्मी, अनिल बोगटी रहेका छन् ।
नेपाल स्वतन्त्र नागरिक सञ्जालले अगामी दिनमा सञ्जाल विस्तार गर्दै केही समयमा १५१ जनाको कमिटि र सल्लाहकारहरु विस्तार गर्ने योजना बनाएको संयोजक सुवेदीले बताए । देशभर स्वतन्त्र सञ्जाल विस्तार गरी व्यापक बनाउदै लगीने उनले बताए ।
सञ्जालले मुलुकमा नयाँ परिवर्तको लागि नेपालमा रहेको शासन व्यवस्थाको प्रणालीगत समस्या, भ्रष्टाचार,अनियमितता लगायत अन्य किसिमका विकृति विसंगति उपर आवाज बुलन्द गरी जनताको बदलिदो चाहना अनुसारको शासन व्यवस्था प्रणली सुधार,विधि र कानुनको शासनको लागि निरन्तर सक्रिय रही खबरदारी गर्ने लक्ष्य राखेको छ ।
सञ्जालका संयोजक दिनेश सुवेदी २०५६ साल देखि २०६६ साल सम्म नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने वृहत जनसहभागिता सहितको लोकप्रिय टेलिभिजन कार्यक्रम सार्वजनिक सुनुवाईका सन्चालक हुन् । उनलें हालै सम्पन्न स्थानिय निर्वाचन २०७९ मा महालक्ष्मी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदरवारी दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे