
काठमान्डौ – इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरूले पत्र दर्ता गराएका छन् ।
यस्तै कक्षा १२ को परीक्षाका प्रश्न पत्र परीक्षा सुरु हुनुअघि इमेलबाट सम्बन्धित केन्द्रमा पठाइरहेको उल्लेख गर्दै परीक्षा बोर्डले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाएकोमा जुनसुकै बेला इन्टरनेट काटिएर समस्या आउन सक्ने सेवा प्रदायकले चेतावनी दिएका छन् । इन्टरनेट सेवा बन्द हुनुमा आफूहरूको हात नभएको भन्दै सेवा प्रदायकले इन्टरनेटको कारण बेलैमा प्रश्न पत्र नपुगेमा आफूहरू जिम्मेवार नहुने पनि स्पष्ट पारेका छन् ।p
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे