
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक जना पैदलयात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर–८ का ४१ वर्षीय विष्णु थापा रहेका छन्।
प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोकको पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर, फायर एक्स्टिङ्ग्विसर र औषधि बोकेर जाँदै गरेको गाडीमा अचानक विस्फोट भएको हो। गाडी पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाइरहेका थिए।
गाडीले पनौतीबाट अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर तथा काठमाडौंको पञ्चकुमारी फार्मेसीबाट औषधि लिएर अस्पतालतर्फ जाँदै गर्दा माकलबारीमा दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे