
काठमाडौं । नेपाल एयरलाइन्सले प्राविधिक समस्याका कारण आज (३ जुलाई २०२६) का लागि निर्धारित आरए–२२९ काठमाडौं–दुबई (KTM–DXB) उडानको समय पुनःनिर्धारण गरिएको जनाएको छ।
एयरलाइन्सले सूचना जारी गर्दै जहाजमा देखिएको प्राविधिक समस्याका कारण उडानको तालिका परिवर्तन गर्नुपरेको स्पष्ट पारेको हो। कम्पनीले यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै सबै यात्रुलाई संशोधित उडान तालिकाअनुसार आफ्नो यात्रा योजना मिलाउन आग्रह गरेको छ।
नेपाल एयरलाइन्सका अनुसार पुनःनिर्धारित उडान समयबारे सम्बन्धित यात्रुलाई जानकारी गराइएको छ। साथै, यात्रुहरूलाई विमानस्थलमा उपस्थित हुने समय तथा अन्य आवश्यक जानकारीका लागि नेपाल एयरलाइन्सको सम्बन्धित कार्यालय वा ग्राहक सेवा केन्द्रसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
एयरलाइन्सले यात्रुको सुरक्षा नै पहिलो प्राथमिकता भएकाले प्राविधिक समस्या समाधानपछि मात्र उडान सञ्चालन गरिने जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे