
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा गरेका सेवाग्राहीलाई आवश्यकभन्दा बढी स्वास्थ्य परीक्षण वा उपचारको माग नगर्न आग्रह गरेको छ। साथै, स्वास्थ्य संस्थाहरूलाई पनि अनावश्यक परीक्षण नगर्न र सेवाग्राहीलाई सहज रूपमा उपचार सेवा दिन निर्देशन दिएको छ। बोर्डले सात महिनादेखिको भुक्तानी बाँकी भए पनि बिमितको उपचारमा कुनै अवरोध नगर्न अस्पताल र स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
विज्ञप्तिअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको दाबी रकम मात्रै भुक्तानी गरिएको छ र त्यसअघिको बक्यौता पूरा भइसकेको छ। हालसम्म स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको बोर्डले जनाएको छ। मंसिरपछि आएको दाबी रकम सरकारबाट थप बजेट आएपछि मात्र भुक्तानी हुने बताइएको छ। बोर्डले दुवै पक्षलाई संयमित भएर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे