
काठमाडौं । भारतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गर्दै नेसेन्ट एजुकेसन फाउन्डेसनले (NASCENT EDUCATION FOUNDATION) काठमाडौंमा बृहत् ‘इन्डियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ। आगामी जुलाई ५, २०२६ (२१ असार, २०८३) मा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
फाउन्डेसनका अनुसार मेलाको उद्देश्य नेपाली विद्यार्थीलाई भारतका प्रतिष्ठित विश्वविद्यालयसँग प्रत्यक्ष रूपमा जोड्नुका साथै अध्ययन, करियर र छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउनु हो। मेलामा भारतका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुनेछन्।
नेसेन्ट एजुकेसन फाउन्डेसनका अध्यक्ष रञ्जित पण्डितले विद्यार्थीहरूलाई एउटै स्थानमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर उपलब्ध गराउन लागिएको बताए। उनका अनुसार विद्यार्थीहरूले विश्वविद्यालयको अध्ययन प्रणाली, भर्ना प्रक्रिया, करियरका सम्भावना तथा हाल भारतमा लोकप्रिय रहेका आधुनिक र प्राविधिक विषयका अध्ययन कार्यक्रमबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।
उनले बदलिँदो विश्व बजारको मागअनुसार कृत्रिम बुद्धिमत्ता (एआई), डेटा साइन्स, साइबर सुरक्षा, रोबोटिक्स, स्वास्थ्य विज्ञानलगायतका ट्रेन्डिङ शैक्षिक कार्यक्रमबारे पनि विद्यार्थीलाई जानकारी गराइने बताए। यसले विद्यार्थीलाई आफ्नो रुचि र भविष्यको करियरअनुसार उचित विषय छनोट गर्न सहयोग पुग्ने उनको विश्वास छ।
फाउन्डेसनकी वरिष्ठ परामर्शदाता लक्ष्मी गिरीका अनुसार मेलामा विद्यार्थीको क्षमता, रुचि र शैक्षिक लक्ष्यका आधारमा व्यक्तिगत शैक्षिक परामर्श (काउन्सिलिङ) प्रदान गरिनेछ। साथै, सहभागी विद्यार्थीका लागि तत्काल छात्रवृत्ति (स्पट स्कलरसिप), वित्तीय सहायतासम्बन्धी जानकारी तथा विशेष अफरहरू पनि उपलब्ध गराइनेछ।
उनका अनुसार मेलामा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ भने विश्वविद्यालय छनोटदेखि आवेदन प्रक्रिया र अध्ययन योजनासम्मका विषयमा विशेषज्ञ परामर्शदाताले आवश्यक मार्गदर्शन गर्नेछन्।
‘चान्स एजुकेसन’को सहकार्यमा आयोजना हुने उक्त मेलामा विभिन्न अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, वैदेशिक अध्ययनका अवसर तथा करियर विकासका विषयमा विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले काठमाडौंको शान्तिनगर–मिनभवनस्थित नेसेन्ट एजुकेसन फाउन्डेसनको केन्द्रीय कार्यालय वा वीरगञ्जको घण्टाघर, लिंक रोडस्थित शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे