
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसानलाई राहत दिन पशुसेवा विभागलाई रु ५० करोड उपलब्ध गराएको छ। यो रकम बर्डफ्लु पुष्टि भएका ११ जिल्लाका प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न प्रयोग गरिनेछ। नियमअनुसार किसानले प्रमाणित क्षतिको आधारमा अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउनेछन्। विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख कुखुरा तथा अन्य पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो।
यसबाट करिब रु ७० करोड बराबरको क्षति भएको अनुमान छ। गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु अहिले ११ जिल्लामा पुगिसकेको छ। रोग थप फैलिन नदिन संक्रमित क्षेत्रका पन्छी, अण्डा र दाना नष्ट गरिएको हो। सरकारले रोग नियन्त्रणका लागि विशेष नियन्त्रणकक्ष गठन गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर निगरानी तथा नियन्त्रणका कामलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे