
काठमाडौँ । टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको सुनुवाइ विशेष अदालतमा तीन दिनदेखि जारी छ। मुद्दा ‘हेर्दाहेर्दै’ अवस्थामा रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ३ खर्ब ५१ करोड रुपैयाँ बिगो माग गरेको छ। बस्नेतमाथि कुनै अध्ययन बिना नै टेरामक्स प्रणाली खरिद गर्ने निर्णय गरेको आरोप छ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेशनल कल निगरानी र भीओआईपी नियन्त्रणका लागि उक्त प्रणाली ल्याउने निर्णय गरेको थियो। तर कानुनी आधार तयार नभएको अवस्थामा निर्णय गरिएको भन्दै विवाद उठेको छ।
प्रारम्भिक अध्ययनले कानुन बनेपछि मात्रै यस्तो प्रणाली लागू गर्न मिल्ने सुझाव दिएको भए पनि त्यसको विपरीत निर्णय गरिएको आरोप लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे