
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार २७० रुपैयाँ थियो।
बजारमा सुनचाँदीको मूल्य बढेसँगै गहना खरिद गर्न महँगो पर्ने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे