
काठमाडौं । आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
त्यसपछि सांसदहरूले विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल गर्नेछन्। आज सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण, सहकारीसम्बन्धी संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही कानुन संशोधन गर्ने विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। यी विधेयक पारित भएमा सम्बन्धित कानुनमा आवश्यक सुधार र संशोधन लागू हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे