
काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्माको जन्मकैद सजाय घटाएर पाँच वर्ष कैद कायम गरेको छ। यसअघि जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैद सुनाएको थियो। उच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो (कोइरी) र पवन कापरलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ, जबकि जिल्ला अदालतले उनीहरूलाई सफाइ दिएको थियो।
यस्तै, संजय साह, मोहन ठाकुर र प्रदीप रायको जन्मकैद सजाय भने यथावत् राखिएको छ। यो मुद्दाको सुनुवाइ करिब अढाई वर्षसम्म चलेको थियो। थमन विक २०७२ सालको मधेश आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा फेरि आक्रमणमा परेका थिए र उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे