
एजेन्सी । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले पहिलो हाफको अन्तिमतिर फोलारिन बालोगुनको गोलबाट अग्रता लिएको थियो।
दोस्रो हाफमा बालोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भयो। त्यसपछि पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानमार्फत दोस्रो गोल गर्यो र सहज जित निकाल्यो।
यस्तै, अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब प्रि–क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे