
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले विपिन आचार्यलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेकी हुन्।
यसअघि पनि गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले सामूहिक रूपमा विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरिसकेका थिए। त्यस्तै, राजु पाण्डेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
अब महामन्त्री पदको प्रतिस्पर्धामा विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की मात्र बाँकी छन्। रास्वपाभित्र नेतृत्व चयनलाई लिएर सहमति र समर्थनको वातावरण बनिरहेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे