
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका पाँच जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् र एक जना उम्मेदवारलाई समर्थन गरेका छन्।
गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले आफूहरू अब प्रतिस्पर्धामा नबस्ने निर्णय गरेका छन्। उनीहरूले विपीन आचार्यलाई समर्थन गर्दै उनलाई मतदान गर्न पार्टी सदस्यहरूलाई आग्रह गरेका छन्।
यससँगै महामन्त्री पदको प्रतिस्पर्धा अब विपीन आचार्यको पक्षमा एकीकृत हुने संकेत देखिएको छ। उनीहरूले मिलेर सक्षम नेतृत्वलाई अवसर दिनुपर्ने भन्दै संयुक्त रूपमा समर्थन जनाएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे