
एजेन्सी । भेनेजुएलामा शक्तिशाली भूकम्प आएपछि ठूलो जनधनको क्षति भएको छ। राजधानी काराकास र वरपरका क्षेत्रमा दुई ठूला भूकम्पले धेरै भवनहरू भत्काएका छन् र सयौँ मानिस भग्नावशेषमा फसेका छन्।
पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो, जसको केही बेरमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो सन् १९०० पछि यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।
सरकारी अधिकारीका अनुसार हालसम्म करिब २३५ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। केही रिपोर्टमा २०० जना अझै हराइरहेको बताइएको छ। करिब २५० वटा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा भत्किएका छन्। आठ अस्पताल, रेडक्रसको मुख्यालय र फ्रान्सेली दूतावाससमेत क्षतिग्रस्त भएका छन्।
गृहमन्त्रीले करिब ७०,००० परिवार प्रभावित भएको जानकारी दिएका छन्। लगातार परकम्पका कारण उद्धार कार्य पनि कठिन भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे