
काठमाडौँ । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित गरिएको छ। संसद सचिवालयले सूचना जारी गर्दै अब बैठक असार १३ गते शनिबार बस्ने जनाएको छ।
यसअघि आज दिउँसो १ बजे बैठक बस्ने तयारी थियो, तर अन्तिम समयमा रोकिएको हो। यसअघि पनि असार ११ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो, जसले गर्दा लगातार दुई पटक बैठक सरेको हो।
सभामुख डोलप्रसाद अर्यालले नियमअनुसार बैठकको मिति सारिएको बताएका छन्। संसद सचिवालयले सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन लम्बिँदा संसदको काम पनि प्रभावित भएको अनुमान गरिएको छ। लगातार बैठक सर्दा यसको कारणबारे विभिन्न चर्चा भइरहेका छन्, तर आधिकारिक कारण स्पष्ट रूपमा खुलाइएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे