
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। यससँगै विभिन्न पदमा प्रतिस्पर्धा गर्ने नेताहरूको नाम पनि सार्वजनिक भएको हो।
खुला उपसभापति पदमा स्वर्णिम वाग्ले एक्ला उम्मेदवारका रूपमा रहेका छन्। महिला उपसभापति पदका लागि भने सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ। पार्टीको महामन्त्री पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका छन्।
त्यसैगरी, खुला सहमहामन्त्री पदका दुई स्थानका लागि ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। यसमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तको उम्मेदवारी परेको छ।
रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक नामावलीपछि उम्मेदवारहरू निर्वाचनको तयारीमा जुटेका छन्। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे