
काठमाडौँ । भोली (शनिबार) काठमाडौं र ललितपुरका करिब ९८ स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक क्षेत्रका विभिन्न ठाउँमा बिजुली काटिनेछ।
स्युचाटार र टेकु सबस्टेशनबाट आपूर्ति हुँदै आएका क्षेत्रहरू प्रभावित हुनेछन्। प्राधिकरणले १३२ केभी प्रसारण लाइन अपग्रेड गर्ने र स्युचाटार सबस्टेशनको मर्मत तथा स्तरोन्नति गर्ने कामका लागि विद्युत् आपूर्ति रोक्नुपरेको जनाएको छ।
काम सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक रूपमा बत्ती काट्न लागिएको हो। प्राधिकरणले प्रभावित क्षेत्रमा बस्ने बासिन्दालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे