
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको एक अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही जग्गा मिचेको भन्ने जस्तो कुरा गरेको भन्दै खनालले त्यो अभिव्यक्ति गलत, गम्भीर र राष्ट्रविरोधी भएको बताएका छन्। उनका अनुसार यस्तो भनाइले देशको छवि बिगार्ने काम गर्छ।
खनालले नेपाल लामो समयदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्ष गर्दै आएको देश भएकाले यस्ता विषयमा बोल्दा प्रमाण र तथ्य आवश्यक हुने बताए। उनले प्रधानमन्त्रीले आधारबिनै यस्तो कुरा गरेको आरोप लगाए। उनले यो अभिव्यक्तिले देशभित्र र विदेशमा रहेका नेपालीहरूको भावनामा चोट पुगेको पनि बताए। खनालले प्रधानमन्त्रीको यस्तो भनाइले उनको पदमा बस्न योग्यतामाथि प्रश्न उठ्ने टिप्पणी गरेका छन्।
साथै, उनले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग पनि गरेका छन्। उनले सबै देशभक्त नागरिक र शक्तिहरूलाई यसको विरोध गर्न आग्रहसमेत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे