
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दै छ। बैठक दिउँसो १ बजे सुरु हुनेछ र मुख्य रूपमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र खर्चको अनुमानबारे छलफल सुरु गर्न प्रस्ताव पेस गर्नेछन्। उनको प्रस्तावपछि बजेटमाथिको औपचारिक छलफल अघि बढ्ने संसद् सचिवालयले जनाएको छ।
सरकारले यो बजेट यसअघि जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो। अब सांसदहरूले बजेटका विभिन्न पक्षबारे छलफल गर्नेछन्। आजको बैठकमा बजेटका नीति, योजना र खर्चका प्राथमिकतामाथि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे