
काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटा ले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाह ले संसद्मा व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले नेपाल–भारतबीच रहेका सीमा विवादहरूको समाधान ऐतिहासिक प्रमाण र कूटनीतिक संवादबाट खोजिनुपर्ने बताएका छन्। उनले सीमा समस्यामा तेस्रो पक्षको संलग्नता माग गर्नु उचित नहुने उल्लेख गर्दै यस्तो कदमले देशको हितभन्दा विपरीत असर पार्न सक्ने टिप्पणी गरेका छन्।
बास्कोटाले सीमा विवाद समाधानका लागि तथ्य, प्रमाण र आपसी कूटनीतिक प्रयास नै मुख्य आधार हुनुपर्ने धारणा राखेका छन्। उनले निष्कर्षमा पुग्न वास्तविक तथ्य स्वीकार्ने साहस आवश्यक रहेको पनि बताएका छन्।
प्रधानमन्त्री शाहले संघीय संसद्मा सीमा विवादका विषयमा दिएको अभिव्यक्तिपछि बास्कोटाले प्रतिक्रिया जनाएका हुन्। उनका अनुसार नेपाल–भारतबीचका विवादहरू समाधान गर्न बाह्य हस्तक्षेपभन्दा द्विपक्षीय वार्ता र ऐतिहासिक आधारलाई प्राथमिकता दिनुपर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे